उदयपुर ।
हाम्रो घरमा पालेका पशुहरुले हामीलाई अचम्म अचम्मको देखाउँछन् । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ मोतगिडा ठाडी गाउँका एक किसानले पालेको एक गाईले यस्तै एक अच्ममको बाच्छा जन्माएको छ । ति किसानको गाईले तीन पुच्छर भएको तर गुदद्धार नभएको बाच्छालाई जन्म दिएको छ ।

गएको फागुन २९ गते आफ्नै घरमा पालेको गाईले तीन पुच्छर भएको तर गुदद्धार नभएको बाच्द्धा जन्माएपछि त्रियुगा नपा ३ मोतिगडा ठााडीगाउँका किसान आशाराम चौधरीले सदरमुकाम गाईघाट बोक्सेस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा ल्याएर शल्यक्रिया गरेर बाच्छाको गुद्द्धार बनाएका छन् ।

किसान आशारामले भने घरमा भएको एउटा गाईले पहिलो बेत मै तीन पुच्छर भएको तर दिसा गर्ने गुदद्धार नभएको अवस्थामा बाच्छा जन्माएकोले बाच्छालाई दिसा गर्न समस्या भएकोले भेटेरिनरी अस्पतालमा ल्याएर शल्यक्रिया गरेपछि अहिले दिसा पिसाव राम्रोसँग गरिरहेको बताए ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुका सूचना अधिकारी तथा पशु चिकित्सक डा. दिपकसिंह कुशवाहाले बाख्रा, सुँगुर गाईले गुदद्धार नभएका बच्चा जन्माएको र उपचारकालागि भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्रमा ल्याएर शल्यक्रिया गरराउने गरेको र यो हप्तामा बाख्रा, सुँगुर र गाईका बच्चाको गुद्द्धार नभएको अवस्थामा उपचारकालागि ल्याएको बताए ।
किसान चौधरीले बाच्छा जन्मिएको ९ दिन भएको छ । बाच्छाको जन्मदा मलद्धार थिएन । बाच्छा जन्मदा मलद्धारको आकार मात्र थियो । भेटेरिनरी अस्पताल ल्याएर शल्यक्रिया तथा उपचार गरेपछि बाच्छाले दिशा गर्न थालेको बताए । उनले बुहारीलाई माइतीले दाइजो दिएको गाई भएकोले पहिलो बेतमा यस्तो जन्माएको र गाईको उमेर भने आफूलाई जानकाी नभएको बताए ।
चौधरीले बाचछाले पछाडिको खुट्टा राम्रोसँग टेक्न नसकेको कुनै कुनै बेला उभिएर दूध खान खोज्छ त धेरैबेर खुट्टाले उभिन नसकेको र यस्तो घटना आफूले पहिलो पटक देखेको चौधरीले बताए ।

मलद्धार नै नभएको बच्चा जन्मने प्रक्रियालाई जन्मदाको कन्ज्युमसेट भनिने र किटाण्ुाहरुको कारणले गर्दा वा भित्री अंगको बिकसितता नहुँदा यस्तो समस्या हुने गरेको जानकारी दिंदै सूचना अधिकारी डा. कुशवाहाले यस्तो शल्यक्रिया गर्न बाहिरसम्म मलद्धारको आकार आएको छ भने सहजता हुने र भित्रैबाट शल्यक्रिया गर्नु परेका खण्डमा केही असहजता हुने गरेको बताए ।
उनले विज्ञतामा हामी सक्षम भए पनि प्राविधिक सामान इक्युप्मेन्टहरुको अभावले गर्दा यस्ता शल्यक्रियाका काममा केही समस्या पर्ने गरेको छ । इक्युप्मेन्टहरु थप गर्न सकिएको खण्डमा सेवाहरु समयमा गुणस्तर युक्त सेवाहरु विस्तार गर्न सकिने अवस्था रहेको बताए ।
बाच्छाको पुच्छर ३ वटा रहेकोमा एयटा लामो, अर्को छोटो र अर्को देब्रेतर्फको पौठमा सानो लुर्को रहेको छ । दुई पुच्छर चाहि पशुको पुच्छर हुने ठाउँमा रहेको छ ।











प्रतिक्रिया