रोटरी नेपाल-भुटानका आगामी कार्यकालका पदाधिकारीलाई एक दिने कार्यशाला


काठमाडौ ।

‘रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२, नेपाल-भुटान’ अन्तर्गत आगामी कार्यकाल (२०२६/२७) का पदाधिकारीहरूलाई आफ्ना योजना बनाउन र सफलतापूर्वक कार्यान्वयन गर्न सघाउने उद्देश्यले काठमाडौँमा एक दिने कार्यशाला “असिस्टेन्ट गभर्नर लर्निङ सेमिनार” र “डिष्ट्रिक्ट टिम लर्निङ सेमिनार” सम्पन्न भएको छ।

कार्यशालाले आगामी रोटरी वर्षका लागि असिस्टेन्ट गभर्नर तथा डिष्ट्रिक्ट टिमका सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै रोटरीका लक्ष्य, योजना र कार्यान्वयनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको डिष्ट्रिक्ट गभर्नर इलेक्ट विष्णु बहादुर कार्कीले बताउनु भयो ।

आगामी रोटरी वर्ष २०२६–२७ का कार्यक्रमबारे डिष्ट्रिक्ट गभर्नर इलेक्ट विष्णु बहादुर कार्कीले विस्तृत जानकारी दिनुभएको थियो। साथै, इन्टरनेशनल पास्ट डिष्ट्रिक्ट गभर्नर तथा डिष्ट्रिक्ट लर्निङ फेसिलिटेटर राजेन्द्र मान शेरचनले कार्यक्रमका मुख्य विशेषताहरू प्रस्तुत गर्नुभएको थियो।

प्लेनरी सत्रमा “रोटरीबारे कसरी बोल्ने, रोटरीको छवि निर्माण, मूल्य र संस्कृति” विषयमा छोङ्वा शेर्पाले प्रस्तुति दिनुभएको थियो। त्यसपछि “रोटरी फाउन्डेसनको विकास र डिष्ट्रिक्टलाई सहयोग” विषयमा पीडीजी तथा असिस्टेन्ट रिजनल मेम्बरशिप कोअर्डिनेटर जितेन्द्र बहादुर राजभण्डारीले सहजीकरण गर्नुभएको थियो।

असिस्टेन्ट गभर्नरहरूको भूमिका र जिम्मेवारी, क्लबलाई सहयोग गर्ने तरिका, डिष्ट्रिक्ट टिमसँग काम गर्ने शैली, लक्ष्य निर्धारण तथा केस स्टडीज लगायत विषयमा डा. दिनेश मानन्धर, डा. ध्रुव प्रसाद आचार्य, डा. निर्मल रिजाल र दीपक राजभण्डारीले सहजीकरण गर्नुभएको थियो।

डिष्ट्रिक्ट कमिटीका भूमिका, क्लब सपोर्ट, टिम वर्क, लक्ष्य निर्धारण तथा केस स्टडीज सम्बन्धी विषयमा जयन्द्र रिमाल, हिरा शर्मा नेपाल, लक्ष्मण ज्ञवाली र राजेश थापाले प्रस्तुति दिनुभएको थियो।

समान विषयहरू फरक संरचनामा प्रस्तुत गरिएको थियो, जहाँ लक्ष्मण ज्ञवाली, राजेश थापा, जयन्द्र रिमाल र हिरा शर्मा नेपालले सहजीकरण गर्नुभएको डिष्ट्रिक्ट गभर्नर बिनोद कोइरालाले बताउनु भयो ।

कार्यशालाबाट प्राप्त सिकाइले आगामी कार्यकालमा के गर्ने र कसरी गर्ने भन्ने विषयमा थप स्पष्टता ल्याएको सहभागीहरूको भनाइ छ।

कार्यक्रममा ४३ जना असिस्टेन्ट गभर्नर तथा करिब सय जना पदाधिकारी एवं काउन्सिल अफ गभर्नर गरी करिब १ सय ४० जना उपस्थित भएको डिस्ट्रीक सेक्रेटरी गौतम श्रेष्ठले बताए ।