माईतीघरमा इनिशा विकका लागि न्याय माग्दै आज पनि प्रदर्शन


काठमाडौ ।

सुर्खेतकी इनिशा विकको सामूहिक बलात्कारपछि भएको हत्या घटनाको विरोधमा काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

अधिकारकर्मी तथा सर्वसाधारणको सहभागितामा भएको उक्त प्रदर्शनमा दोषीलाई कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरिएको छ।

प्रदर्शनकारीले ‘इनिशालाई न्याय देउ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। सहभागीहरुले महिला तथा बालबालिकाको सुरक्षामा राज्य गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।