ललितपुर र काठमाडौंबाट लागुऔषधसहित पाँच पक्राउ


काठमाडौ ।

काठमाडौंमा दुई फरक घटनामा प्रहरीले खैरो हेरोइन र चरेससहित पाँच जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ललितपुरबाट एक महिलालाई २ केजी ३०० ग्राम चरेससहित पक्राउ गरिएको छ।

यस्तै, काठमाडौं महानगरपालिका–१५ कारखाना चोकबाट तीन जनालाई ३७ ग्राम ४०० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। घटनाको थप अनुसन्धानका क्रममा भारतबाट लागुऔषध ल्याउने एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।