हुम्लामा ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते चालकको मृत्यु

940
Shares

हुम्ला।

सिमकोट गाउँपालिका–६ को ग्वालढुस्कामा शुक्रबार बेलुका भएको ट्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

सिमकोट गाउँपालिका–६ स्थित लाग्नाबाट सिमकोटतर्फ आउँदै गरेको ग.१.त.७०६७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा चालक सिमकोट गाउँपालिका–६ निवासी २५ वर्षीय नरेन्द्र सुनार गम्भीर घाइते भएका थिए।

घाइते सुनारलाई तत्काल प्रहरीले उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको थियो। तर अस्पतालमा आवश्यक उपचार सम्भव नभएपछि थप उपचारका लागि अन्यत्र रेफर गर्ने तयारी भइरहेका बेला उनको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख चिकित्सक भीमबहादुर बुढाले जानकारी दिएका छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।