काठमाडौं ।
इरान र इजरायलबीच तनाव बढ्दो अवस्थामा खाडी क्षेत्रको रणनीतिक होर्मुज जलमार्गबाट धनुषाका अमृत झा इरानी सुरक्षा फौजको नियन्त्रणमा परेका छन्। इरानी रिभोलुसनरी गार्ड्सले इजरायलसँग सम्बन्ध भएको भन्दै जहाज नियन्त्रणमा लिएको थियो।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमा पुष्टि गर्दै भनेको छ कि जहाजमा कार्यरत सबै ‘क्रू मेम्बर’ नियन्त्रणमा छन्। झा प्राविधिक कर्मचारीका रूपमा कार्यरत थिए। परिवारले सम्पर्कविहीन भएपछि खोजीको निवेदन दिएका थिए।
मन्त्रालयले तेहरानस्थित नेपाली दूतावासमार्फत रिहाइको पहल भइरहेको जानकारी दिएको छ। हालसम्म मध्यपूर्वमा रहेका ८२ हजारभन्दा बढी नेपाली नागरिकको विवरण संकलन भइसकेको छ।











प्रतिक्रिया