काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा देशभित्रका तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ र दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छिन्।
उनले आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पुर्याओस् भन्ने कामना गरेकी छिन्।
प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् कि रमजानको लामो व्रतले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिन्छ।
उनले भनेकी छिन् कि रमजानको समयमा बस्ने रोजा सत्कर्म र संयमको महिना हो, जसले समाजमा मानव मूल्यको महसुस, सहअस्तित्व र समृद्धिका लागि प्रेरणा प्रदान गर्दछ।
प्रधानमन्त्री कार्कीले ईद–उल–फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वास पनि व्यक्त गरेकी छिन्।











प्रतिक्रिया