काठमाडौ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुटवल–नारायणगढ खण्ड वर्षाका कारण चिप्लो भएपछि सवारी आवागमन अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने क्षेत्रमा घिउखोला नजिक सडक हिलो भएर सवारीसाधन फसेका छन्।
प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार हल्का वर्षामा समेत गाडी उकालोमा चिप्लिएर जान सक्दैनन्। नारायणगढ–बुटवल सडक आयोजनाले मर्मतको प्रयास गरिरहेको छ भने ठूला मालवाहक सवारीसाधन बेलुका ७ बजेदेखि बिहान ५ बजे सम्म सञ्चालनमा रोक लगाइएको छ। साना यात्रुवाहक र आकस्मिक सवारी भने चलिरहेका छन्।











प्रतिक्रिया