काठमाडौ ।
पाल्पा जिल्लाको सिद्धबाबा क्षेत्रमा गएको पहिरोका कारण सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। भारी वर्षासँगै लेदोसहित ठूला ढुङ्गा सडकमा खस्दा दुवै तर्फको आवागमन प्रभावित भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ कि पानी पर्न छाडेपछि मात्र सडकमा खसेको ढुङ्गा हटाउने काम सुरु गरिनेछ। यस क्रममा यात्रु र सवारी चालकलाई तत्काल यात्रा नगरी वैकल्पिक मार्ग प्रयोग गर्न वा सुरक्षित समय कुर्न अनुरोध गरिएको छ।
अहिलेसम्म बुटवल–पाल्पा जाने र आउने सवारी रोकिन पुगेको छ। यात्रुहरूलाई सुरक्षित र व्यवस्थित यात्रा गर्न प्रहरीको निर्देशन पालना गर्न सुझाव दिइएको छ।











प्रतिक्रिया