काभ्रेमा रोशी खोलाको बाढीले वीपी राजमार्ग अवरुद्ध


काठमाडौ ।

काभ्रेको रोशी गाउँपालिकामा शनिबार बिहान ३:३० बजे रोशी खोलाको पानी सडकमा पुगेको छ। अविरल वर्षाका कारण चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गा क्षेत्रमा वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, सम्बन्धित निकायसँग समन्वय गरेर सडक खुलाउने काम जारी छ। यात्रुहरूले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक कार्यालयले आग्रह गरेको छ।