काठमाडौ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले देशका अधिकांश स्थानमा बादल लागेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने जनाइएको छ।आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी प्रदेशसहित हिमाली भूभागका थोरै स्थान र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया