कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित, आइतबार बिहान बस्ने


काठमाडौँ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। केन्द्रीय सदस्य मधु आचार्यले बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको जानकारी दिएका छन्।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षा प्रतिवेदन (१४ पृष्ठ) मा शुक्रबार सदस्यहरूले आफ्ना धारणा राखेका थिए।

नेता आचार्यले आइतबार बस्ने बैठकमा पनि सोही प्रतिवेदनमाथि सदस्यहरूले आफ्नो धारणा राख्ने जानकारी गराएका छन्।