केन्द्रीय कार्यसमितिको निर्वाचन स्थगित गर्न एन्फालाई राखेपको निर्देशन


काठमाडौँ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल स‌घ (एन्फा) लाई केन्द्रीय कार्यसमितिको निर्वाचन निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ ।

राखेपका संघ–संस्था समन्वय शाखा प्रमुख चन्द्रकुमार राईले एन्फालाई पत्र लेख्दै यहि चैत १३ गते झापामा हुन लागेको साेही निर्वाचन स्थगित गर्न निर्देशन दिएका हुन्। राखेपले चुनावका लागि स्वीकृति नभएको भन्दै स्थगित गरी तीन दिनभित्र त्यसको लिखित जानकारी गराउन पनि निर्देशन दिएको छ । निर्देशन पालना नगरि प्रक्रिया अघि बढाएमा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ बमोजिम कारबाही हुने जारी पत्रमा उल्लेख गरिएकाे हाे ।

यसैबीच पर्यटकीय भिसामा रहेका विदेशीलाई खेलाएको विषयमा अध्यागमन विभागले छानबिन थालेसँगै एन्फाको आयोजनामा सञ्चालन भइरहेको पुरुष र महिला दुवै लिग स्थगित भएको छ ।