कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी, सभापति थापाको राजीनामाबारे छलफल गरिंने


काठमाडौँ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

आजको बैठकका लागि दुई एजेन्डाहरू तय भएको छ । बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनाबारे छलफल हुनेछ ।

गगनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए । यद्यपि गगन भने बैठकमा उपस्थित भएका छैनन् । बैठकले सभापति थापाको राजीनामाबारे आवश्यक निर्णय लिने जनाइएको छ ।