काठमाडौ ।
काठमाडौँमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्दैछ। बैठकमा पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।
बैठकमा हालै सम्पन्न निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक विषय र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। साथै पार्टी सभापति गगन थापाले दिएको राजीनामामाथि निर्णय र आगामी महाधिवेशनको तयारीबारे पनि विचार–विमर्श गरिनेछ।
निर्वाचनमा कमजोर नतिजापछि थापाले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा पार्टीभित्र मतभेद देखिएको छ।











प्रतिक्रिया