काठमाडौँ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुले प्रभाव पारिरहेको छ। यसको असरले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ।
आज दिउँसो अधिकांश क्षेत्रमा बादल लाग्ने र केही स्थानमा चट्याङ्ग, असिना सहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको छ। विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा भारी वर्षा र हिमपात हुने जोखिम रहेको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बादल रहने र कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङ्ग, असिना सहित मध्यम वर्षा हुने संभावना छ।











प्रतिक्रिया