रसुवा।
रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकाद्वारा ७० वर्षभन्दा माथि का ६ सय ९८ जना ज्येष्ठ नागरिक हरूकाे लागि निःशुल्क निमोनिया राेगविरुद्ध चैत ९ गते देखि १६ गते सम्म खोप लगाइने भएको छ ।
गोसाईंकुण्ड गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा गाउँपालिका भित्रको ६ वटा वडाका २०८२ फागुन मसान्तसम्म ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक हरूलाई राेग संग लडने क्षमता वृद्धि गराउने उद्देश्यले सञ्चालन हुने बताइएको छ । खोप लगाउने ज्येष्ठ नागरिकहरू ५ सय ९१,क वर्गका अपाङ्ग हरू १७ जना,ख वर्गका अपाङ्ग हरूमा २८ जना,नेपाल सरकारले ताेकेकाे जटिल किसिमको विरामीहरू ३० जना,गोसाईंकुण्ड गा,पा का जनप्रतिनिधिहरू ३२ जना गरी ६ सय ९८ जनालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख विमल घिमिरे ले बताए।
चैत ५ गते पालिका स्तरमा अभिमुखीकरण कार्यक्रम गरी खाेपवारे जानकारी दिँदै चैत ६ र ७ गते वडा स्तरमा अभिमुखीकरण गरी चैत ९ गते अैापचारिक उद्घाटन गरिने बताइएको छ ।खोप सञ्चालन साविककाे ५४ वटा वडा हरूमा हुनेछ । स्वास्थ्य शाखा प्रमुख घिमिरेका अनुसार यो रसुवा जिल्ला कै पहिलो गाउँपालिका हाे जसले ७० वर्ष माथिका ज्येष्ठ नागरिक हरूका लागि निमोनिया विरुद्धको खोप सञ्चालन मा ल्याएको हाे ।
नगरपालिकाहरूमा पहिलो ललितपुर महानगरपालिका हाे भने देशभरको ७ सय ५३ वटा गाउँपालिकामध्ये यो खोप अभियान सन्चालनमा ल्याउने पहिलो गाउँपालिका गोसाईंकुण्ड भएको अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।८ दिन चल्ने उक्त खोप अभियानमा मा २७ सय वटा भ्याक्सिन रहनेछ।











प्रतिक्रिया