बालेन शाहले १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन्।

बिहीबार साँझ भएको रास्वपा शीर्षनेताको छलफलमा चैत १३ मा प्रधानमन्त्रीको शपथ तय गरिएको जनाइएको छ। रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले छलफलमा सहभागी थिए।

यस्तै, बिहीबार अपराह्न संघीय संसद् सचिवालयले नवननिर्वाचित सांसदको शपथ ग्रहण तय गरेको थियो। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलसँगको छलफलपछि चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदको शपथ ग्रहण तय गरिएको हो।

सांसदले शपथ लिएको भोलिपल्ट प्रधानमन्त्रीको शपथ लिने तयारी गरिएको जनाइएको छ।