विकट वस्ती हिमालीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पाठ्यघर, दम र नशारोग सम्बन्धिका विरामी बढी एहजार बढि लाभाम्वित

1.22k
Shares

बाजुरा ।

देशकै सर्बाधिक बिकट बस्तिका रुपमा चिनिएको साबिक बिछ्या गा बि स हाल हिमाली गाउँपालिकामा सञ्चालित निशुल्क स्वास्थ्य शिविरबाट एक हजार बढि विरामी लाभाम्वित भएका छन् । हिमाली गाउँपालिकाका सात वटै वडाका वासिन्दाको निसुल्क स्वास्थ्य परिक्षण गर्ने उद्येश्यले हिमालीका तिन ठाउँमा छुट्टाछुट्टै शिबिर सञ्चालन गरी विहिबार सम्पन्न भएको हिमाली गाउँपालिका स्वास्थ्यशाखा प्रमुख राजबहादुर भण्डारीले जानकारी दिए ।


हिमाली गाउँपालिकाको धुलाचौर , कुवाडी र विच्यामा गरी तिन स्थानमा सञ्चालन गरेको उक्त शिविरमा बिशेषगरी प्रजनन् स्वास्थ्य सम्विन्धी पाठ्यघरका विरामी आंङ्ग खस्न,े योनीमा सेतोपानी बग्ने , क्यान्सर,रक्तअल्पताका विरामी बढिछन् । परिक्षण गरेकामा पचास प्रतिसत बिरामी महिला पाठ्यघरसंगग सम्वन्धित छन्।

उनिहरुमा कामको बोझ, पोषिलो खानेकुराको कमी, अत्यधिक वालविवाहको प्रभावले यौनाङ्ग सम्वन्धि वढी छन् ग्रामिण भेगमा अझैपनि रोग लुकाउने चलन वढि छ, स्वास्थ्यशाखा प्रमुख भण्डारीले भने । भण्डारीका अनुसार त्यसैगरी विच्छ्याँको माथिल्लो उच्च हिमाली भागमा नशारोगी बढि देखिएका छन् , हिउँद वर्खामा भेडाबाख्रा गाईवस्तुसंग लेकछानाको चिसोमा वस्ने तातो ठाउँ र न्यानो कपडा अभावका कारण नशारोगी बढि देखिएका छन् ।

त्यस्तै प्रम्परागत सल्लाको दाउरा वाल्ने , उज्यालोको रुपमा सल्लीझरो दियालो लोष्टा बाल्ने प्रचलन छ । जस्को धुँवांले मानव स्वास्थ्यमा नराम्रो असर पारेको देखिन्छ । अझ गाउँघरमा तमाखु,सुल्पा तान्ने चुरोट विडी र सुर्तिज्नय पदार्थ सेवनले दमका रोगि देखिएको स्वास्थयकर्मीको भनाई छ ।

हिमाली गाउँपालिकाले गाउँगाउँमा स्वास्थ्यसंस्था स्थापना गरेका छन् । यद्येपी त्यहाँ प्राथमिक उपचार मात्र हुन्छ । ठूलो उपचारका लागि कोल्टी र जिल्ला अस्पताल मार्तडी पुग्न १५÷२० हजार रुपैंया खर्च हुन्छ । उपचार सेवा टाढा छ । हात खुट्टा भाँचिए पनि गाउँमै काप्रा लगाउने चलन अझै छ ।

प्राथमिक उपचार गाउँमै गछौं हिमाली छ की चाउरी शार्कीले भनिन् । म नशासम्वन्धि रोगले थला परेकी थिएं पहिलोपटक गाउँमै सवास्थ्य शिवर पुगेपछि औषधी दिएको छ , औषधी प्रयोगले केही आराम भएको महशुस भएको खुशी शार्कीले ब्यक्त गरिन् ।

हिमाली तिन विछ्याकी सुनकला बोहरालाई विगत देखि पाठ्यघर खस्ने समस्याले सताएको थियो। “योनिबाट सेतोपानी बग्थ्यो । हिडडुल गर्दा रिङ्गाउटा लाग्थ्यो । बाहिर जाने फर्षद थिएन । विछ्यामै स्वास्थ्य शिविर आएपछि उपचार सहज उपचार पाएकी छु । ” बोहराले भनिन् ।

म जस्तै तमाम महिला दिदीवहिनीलाई पााठ्यघरको समस्या छ कम्तीमा वर्षमा एकपटक गाउँमा सवास्थ्य शिविर राखिदिए राम्रो हुन्थ्यो उनले थपिन् ।

हिमाली गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य सिविरमा एक हजार जना बढिको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । एमडिजिपि डाक्टर रञ्जितकुमार साह सहित स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर यहि चैत्र दुई गते देखि शिविर सञ्चालन गरेको हो ।

उपचारका क्रममा पाच सय वढी पाठ्यघर समस्याका विरामी , १४८ (जनाको दम, मुटुरोग , मृगौला परिक्षण , सुगर जाच) लगायत नसर्ने रोगको स्कृनिङ गरिएको छ । त्यस्तै गरि ६२ जनाको भिआई ए तथा पाठेघरको क्यान्सर हुनसक्ने जाच गरेका छौं स्वास्थ्य शाखा प्रमुख भण्डारीले भने ।

इम्लान्ट आई युसिडी लगायत परिवार नियोजन साधन सहितको पाठेघर खसेकाको उपचार सेवा र १४ जना लाई प्रयोगशाला क्षयरोग परिक्षण सेवा दिएका छौं ,स्वास्थय शाखा प्रमुख भण्डारीले भने । हिमाली गाउँपालिकाले विगत देखि नागरिक उपचार सहायता कोष खडागरी सोही कोषवाट ग्रामिण भेगमा निशुल्क सवास्थ्य शिविर सञ्चालन गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दवहादुर मल्लले भने ।