निर्वाचन पराजयपछि गगन थापाले कांग्रेस सभापतिको पदबाट राजीनामा दिए


काठमाडौ ।

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सभापतिको पदबाट राजीनामा दिएका छन्।

प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि बुधबार उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन्।

थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए, जहाँ उनलाई अमरेशकुमार सिंहले पराजित गरेका थिए। गत फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी जम्मा ३८ सिट मात्र प्राप्त गरेको थियो।

निर्वाचन नतिजापछि नै थापाले राजीनामाको तयारी गरेका थिए, यद्यपि पार्टीका नेताहरूले रोक्न दबाब दिएका थिए। उनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्।

पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बोलाएर राजीनामाबारे निर्णय लिने तयारी भइरहेको छ।