६ प्रदेशमा असिनासहित वर्षाको सम्भावना, पश्चिमी र स्थानीय वायु सक्रिय


काठमाडौँ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखिएको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा चट्याङ्ग तथा असिनासहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै केही तराई क्षेत्रमै पनि हल्का वर्षाको सम्भावना छ।

राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम लगायतका क्षेत्रमा वर्षासँगै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।