आजबाट लोक सांस्कृतिक मेला

विभिन्न देशका २ सय ६० कलाकार सहभागी हुने


नेपाली लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि एभरेष्ट नेपाल कल्चरल ग्रुपले आज बिहीवारबाट तेह्रौं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०८२ आयोजना गर्ने भएको छ। मेला आगामी चैत १४ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले जानकारी गराए।

दुई दशकदेखि निरन्तर रूपमा नेपाली सांस्कृतिक विविधतालाई विश्वसामु प्रस्तुत गर्दै आएको एभरेष्ट नेपाल कल्चरल ग्रुपले ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित मेला आयोजना गर्न लागेको हो।

मेला प्रत्येक दुई वर्षमा नेपालमा आयोजना हु“दै आएको छ। नेपालजस्तो बहुजातीय र बहुभाषिक मुलुकमा विविध संस्कृतिको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै कोइरालाले पछिल्लो समय युवा पुस्तामा मौलिक संस्कृतिप्रति घट्दो चासो चिन्ताजनक भएकाले यही अवस्थालाई मध्यनजर गर्दै लोक संस्कृतिको प्रवद्र्धन र सांस्कृतिक पर्यटन विकासमा योगदान पु¥याउने उद्देश्यले मेला आयोजना गर्न लागिएको बताए।
यसअघि आयोजना गरिएका मेला १२ संस्करणसम्म आइपुग्दा ८६ भन्दा बढी देशका ९ हजारभन्दा बढी कलाकारले सहभागिता जनाइसकेका छन्। संस्थाले विश्वका ७८ भन्दा बढी देशमा नेपाली लोक संस्कृति प्रवद्र्धन गर्दै आएको छ।

यस वर्षको मेला काठमाडौंका विभिन्न स्थलसहित पोखरा, ललितपुर, काभ्रेको पा“चखाल र बूढानीलकण्ठ क्षेत्रमा पनि आयोजना गरिनेछ। पाटन दरबार र हनुमानढोका दरबारजस्ता विश्व सम्पदा सूचीमा सूचीकृत स्थलमा समेत कार्यक्रम आयोजना गरिने आयोजक कोइरालाले बताए। मेलामा बोत्सवाना, इस्टोनिया, इजरायल, जर्मनी, भारत, ताइवान, टर्की, पोल्यान्ड, दक्षिण अफ्रिका र नेपाल लगायतका देशका २ सय ६० भन्दा बढी कलाकारको सहभागिता रहने जनाइएको छ।

मेला अवधिभर विभिन्न देशका कलाकारले आ–आप्mनो मौलिक भेषभूषामा सांस्कृतिक झा“की, लोकगीत, संगीत तथा नृत्य प्रस्तुत गर्नेछन्। साथै, विदेशी कलाकारले काठमाडौं आसपासका विद्यालयमा पुगेर सांस्कृतिक प्रस्तुति दिने तथा विद्यार्थीहरूस“ग सांस्कृतिक आदान–प्रदान गर्ने कार्यक्रम पनि तय गरिएको छ।