भद्रपुर।
भद्रपुर नगरपालिकाले दुई पत्रकारसहित खेलाडीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । नगरको १७ औँ अधिवेशनको अवसर पारेर बुधवार सम्मान तथा पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरुमा नगर विकास पत्रकारिताबाट नेपाल समाचार पत्र दैनिक झापा समाचारदाता उत्तम नेपाल र प्रोत्साहन पुरस्कारबाट बर्तमान साहित्यीक प्रतिष्ठान र आँखा डटकमका पत्रकार डिल्लीरमण नेपाल रहेका छन् ।उनीहरुलाई क्रमश ३१ हजार र पन्ध्र हजारसहित सम्मानन पत्र प्रदान गरिएको थियो ।
नगर प्रमुख गणेश पोखरेल,उपप्रमुख राधा कार्की प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र लगायतले सम्मान गरेका थिए । यसैगरी नगरपालिकाले विगतमा सञ्चालन गरिएको भलिबल तथा राष्ट्रपति रनिङ शिल्ड लगायत विभिन्न खेलकुद गतिविधिमा उत्कृष्ट खेलाडी ११ जनालाई जनही ५ हजार १०० नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरभित्रका १० वटै वडा समिति पदाधिकारीले सडक, सरसफाइ विद्युत् ,खानेपानी लगायतका बिषयमा राखेको जिज्ञासाबारे नगरप्रमुख पोखरेलले जवाफ दिएका थिए । पोखरेलको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन योगेन्द्र पौडेलले गरेका थिए ।











प्रतिक्रिया