काठमाडौँ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो ।
चुनावपछिको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र प्रदेश सभापतिलाई अनुरोध गरिएको छ ।











प्रतिक्रिया