काठमाडौं ।
नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बुधबार छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको तुलनामा २ हजार २०० रुपैयाँ कम हो। १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ८ सय ५ रुपैयाँ कायम गरिएको छ।
चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला चाँदी ५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको मूल्य ५ हजार ३३५ रुपैयाँको तुलनामा १८५ रुपैयाँ कम हो। १० ग्राम चाँदीको मूल्य ४ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको छ। नेपालमा सुन–चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारसँगै घटबढ हुने गर्दछ।











प्रतिक्रिया