काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२÷८३ को आठ महिनामा नेपालमा ४० अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ । सरकारले स्वचालित मार्ग (अटोमेटिक रुट) मार्फत भित्रिने विदेशी लगानीको अधिकतम सीमा हटाउने निर्णय गरेपछि लगानीकर्तालाई नेपालमा लगानी गर्न थप सहज हुने अपेक्षा गरिएको छ ।
उद्योग विभागका अनुसार साउनदेखि फागुन मसान्तसम्म ५२४ उद्योगका लागि कुल ४० अर्ब ६६ करोड ९३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । यसमध्ये अटोमेटिक रुटमार्फत ३७७ उद्योगमा ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने अप्रुभल रुटमार्फत १७७ उद्योगमा ३७ अर्ब २३ करोड रुपैयाँ लगानी प्रतिबद्धता भएको छ ।
उल्लेखित उद्योग सञ्चालनमा आएपछि करिब २१ हजार ४९५ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको विभागले जनाएको छ । यस अवधिमा ३८ उद्योगका लागि शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) तथा शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ५ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
त्यस्तै ३४ उद्योगका लागि प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) स्वीकृत गरिएको छ । आठ महिनाको अवधिमा आकारका आधारमा ८ ठूला, ८ मध्यम तथा ५३७ साना उद्योगमा वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । फागुन महिनामा मात्रै ३० उद्योगमा ३८ करोड ६० लाख ८ महिनामा ४० अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, स्वचालित मार्गमा सीमा हटाइयो











प्रतिक्रिया