एच. आई भि एड्स सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

564
Shares

बाजुरा ।

जिल्लामा एचआईभी÷एड्ससम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। सरोकारवाला निकाय, जनप्रतिनिधि, नेपाल प्रहरी शसस्त्र प्रहरी ,पत्रकार,सामाजिक संस्थाका प्रतिनीधि स्वास्थ्यकर्मी, शिक्षक तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

सोमार दिउसो बडिमालिका नगरपालिकाको सभालमा सञ्लन गरेको उक्त कार्यक्रम बारे जिल्ला अस्पतालका डाक्टर नकेन्द्र मल्ल र जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत कुमार न्योपानेले प्रशिक्षण गर्दै एचआइभीले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई असर गर्ने र त्यसलाई औषधिले नियन्त्रण गर्न सकिने भन्दै सही उपचारले लामो र स्वस्थ जीवन सम्भव रहेको बताए । कार्यक्रममा एचआईभी÷एड्स के हो?, यसको संक्रमणका तरिका, रोकथामका उपाय, उपचार सेवा तथा संक्रमित व्यक्तिप्रति समाजको व्यवहार कस्तो हुनुपर्छ ? भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई एचआईभी संक्रमित व्यक्तिहरू पनि सम्मानपूर्वक बाँच्न पाउने अधिकार रहेको र उनीहरूमाथि हुने विभेद अन्त्य गर्न सबैले जिम्मेवार बन्नुपर्नेमा जोड दिइयो।

वक्ताहरूले अझै पनि ग्रामीण क्षेत्रमा एचआईभी÷एड्सबारे गलत धारणा, डर र सामाजिक बहिष्कारको समस्या कायम रहेको उल्लेख गर्दै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताए। “एचआईभी संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरेसम्म रोग नियन्त्रणसँगै मानवअधिकारको संरक्षण सम्भव हुँदैन,” उनीहरूले बताए। विशेष गर िसथानइि पालिकाले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न विशेष नीति कार्यक्रम वजेट ब्यबस्थापन गर्न जोड दिएका छन् ।

कार्यक्रममा सहभागीहरूले विद्यालय स्तरदेखि समुदायसम्म सचेतनामूलक गतिविधि विस्तार गर्न, नियमित परीक्षण र परामर्श सेवामा पहुँच बढाउन तथा संक्रमित व्यक्तिहरूलाई सामाजिक सहयोग र समर्थन उपलब्ध गराउन आवश्यक रहेको बताएका छन्।

यस किसिमका अभिमुखीकरण कार्यक्रमले समाजमा सकारात्मक सोचको विकास गर्दै एचआईभी÷एड्सप्रति रहेको भ्रम र विभेद अन्त्य गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ।

त्यस्तै उनीहरुले एचआइभी संक्रमणका कारण, रोकथामका उपाय तथा उपचार प्रक्रियाबारे जानकारी दिँदै एचआइभी सामान्य सम्पर्कबाट नसर्ने स्पष्ट पारे। असुरक्षित यौन सम्पर्क, संक्रमित रगतको प्रयोग, एउटै सुई वा सिरिन्ज प्रयोग तथा संक्रमित आमाबाट बच्चामा सर्न सक्ने भए पनि सँगै बस्दा, खाना खाँदा, हात मिलाउँदा वा सामान्य सामाजिक सम्पर्कबाट नसर्ने जानकारी गराएका छन् । एचआइभी संक्रमित व्यक्तिले नियमित रूपमा एआरटी औषधि सेवन गरेमा सामान्य मानिससरह लामो समयसम्म स्वस्थ जीवन बिताउन सक्ने बताए ।

उनीहरूले लान्छना र भेदभावका कारण संक्रमित व्यक्तिहरू उपचार सेवाबाट टाढा रहने जोखिम बढ्ने भएकाले यस्ता नकारात्मक व्यवहार अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिए ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत न्यौपानेले एचआइभी सम्बन्धी भेदभावरहीत नीति नियम र कार्यक्रम स्थानीय तहमा निर्माण र कार्यान्वयन गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न बजेट तथा स्रोत व्यवस्थापन गर्न जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । त्यस्तै पत्रकार तथा सञ्चार माध्यमले एचआइभी सम्बन्धी सही तथ्यपरक र वैज्ञानिक जानकारी जनतासम्म प¥याउने, संक्रमितको गोपनीयता कायम गर्ने, जनचेतना बढाउन सामाजिक अभियान र बहस कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

एचआइभी संक्रमित व्यक्तिप्रति मानवीय समान व्यवहार, समुदायमा हुने भेदाभाव, हिंसा र दसव्र्यवहार विरुद्ध कानुनी कारबाही गर्ने प्रहरीको भूमिका रहने भन्दै संक्रमितहरुले पनि आफ्नो अधिकारका लागि आवाज उठाउने र भेदभावविरुद्ध बोल्नु पर्ने न्यौपानेले बताए ।

प्रमुख अतिथिको रुपमा बोल्दै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले एचआइभी संक्रमित व्यक्तिहरूको गोपनीयताको संरक्षण, मानव अधिकारको सम्मान तथा समान व्यवहार सुनिश्चित गर्न यस्ता कार्यक्रममार्फत सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताए ।

बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले एचआइभी संक्रमण रोकथामसँगै संक्रमित व्यक्तिहरूलाई सम्मानजनक र भेदभावरहित वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखेकि हुन् । पत्रकार महाँंसघ बाजुरा वझाङ्ग शाखाका संस्थापक सभापति एबं वरिष्ठ पत्रकार दयाराम पण्डितले एच आईभि एड्सका संक्रमित ब्यक्तीलाई घिर्णा हैन उनहिरुको मानव अधिकारको रक्षा गर्दे माया गर्न आग्रह गरे ।

विगतको तुलनामा एचआई भी एड्सलाई भयानक रुपमा नबुझि एच आईभि उड्स सम्वन्धि नियमित औषधी सेवन र आवस्यक सुरक्षा अपनाउदै उनिहरुलाई जीवन उपयोगी सिप सिकाउन शुरक्षित वातावरण सिर्जना नर्गुपर्ने धारणा राखे । नियमित औषधी सेवन गरे अन्य ब्यक्ती सोसरह सरल जवित ब्यतित गरिरहेको उदाहरण प्रस्तुत गरेका थिए ।

बाजुरा प्लसका प्रमुख एचआइभी एड्स संक्रमितले भने भने मैले २०६४ देखि नियमित एआरटी प्रइोग गरीरहेको छु ।म यहाँ वसिरहेको छु हजुर र म मा केही फरक छैन । विगतमा बाटो हिड्न पाईदेन थियो धारा छुन पाईदैन थियो तर अहिले यसतो अवस्था नभएपनि गाउँमा एच आईभि संक्रमितलार्य भेदभावको रपमा हेर्ने गरिएको बताए ।

बाजुरामा हालसम्म एचआइभी संक्रमणबाट २८ जनाको मृत्यु भएको र जिल्लामा हाल ७२ जना एचआइभी संक्रमितले नियमित औषधि सेवन गरिरहेको बताइएको छ ।