जिएम कप भलिबल उपाधि गण्डकीलाई

564
Shares

नवलपरासी ।

जिएम कप राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ ।
गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई मंगलबार भएको फाइनल खेलमा सोझो सेटमा हराएर उपाधि जित्यो । सो खेल गण्डकीले २५–२१, २५–१३ र २५–२१ को सेटले जितेको हो । योसँगैं गण्डकीले बलिया विभागिय टोलीहरूलाई पछि पार्दै उपाधि हासिल गरेको छ । गण्डकीले पहिलो पुरस्कार ३ लाख प्राप्त गर्दा उपविजेता टोली आर्मीले २ लाख नगद पायो ।

त्यसै गरी बिधागततर्फ बेस्ट सेटर गण्डकीका विशाल आले, बेस्ट ब्लकर आर्मीका सनोज चौधरी, बेस्ट सर्भर आर्मीकै शरण क्षेत्री, बेस्ट डिफेण्डर गण्डकीका राजन दर्लामी मगर घोषित भए । यस्तै, बेष्ट स्पाईकर पुलिसका पहल गहतराज, बेस्ट प्लेयर गण्डकीका सन्जु बिक्रम शाह र गण्डकीका किरण गुरौले बेस्ट कोच घोषित भएका थिए ।

प्रतियोगितामा पुलिसले एपीएफलाई हराएर तेस्रो स्थानमा हासिल गरेको छ । पुलिसले १ लाख नगद पुरस्कार प्राप्त ग¥यो । एपीएफ चौथों भएपनि सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको थियो । एपीएफले ५० हजार नगद प्राप्त गरेको थियो ।