काठमाडौं।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहेको छ भने कोशी, लुम्बिनी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ। अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो हिमाली भूभागमा सामान्य बदली रहने र अन्य पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने बताइएको छ।
आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा अन्य हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया