भक्तपुर ।
पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा ओली परिवारप्रति समवेदना व्यक्त गर्न राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,पुर्व राष्ट्रपति,पुर्व प्रधानमन्त्री देखि दलका अध्यक्ष तथा शीर्ष नेता गुण्डु पुगेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गर्न आज उनको गुण्डुस्थित निवास पुगेका छन् ।
पितृ शोकमा रहेका अध्यक्ष ओलीलाई भेट्दै राष्ट्रपति पौडेलले उनका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पण गरे । यस क्रममा राष्ट्रपति पौडेलले दिवंगत मोहनप्रसादको तस्वीरमा माल्यार्पण गर्दै आत्माको चिरशान्तिको कामना गरे ।
राष्ट्रपति पौडेलले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरे ।
यसैगरी आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव शोक सन्तप्त ओली परिवारसँग भेट्न,समवेदना प्रकट गर्न र ओलीका दिबंगत पिताप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपाल गुण्डु पुगे ।
शोकको घडीमा उपराष्ट्रपतिले शोकसन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक सहानुभूति एवं समवेदना व्यक्त गरेका हुन् ।
हिजो मात्र प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।ओली निवास भक्तपुरको गुण्डु पुगेर प्रधानमन्त्री कार्कीले अध्यक्ष ओलीलाई समवेदना प्रकट गर्नु गरेकी हुन् ।
प्रधानमन्त्रीका साथ उनका पति दुर्गा सुवेदीले पनि ओली निवास पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै ओलीलाई समवेदना दिएकी थिइन् ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पनि सामबार नै गुण्डु पुगेर नेपालले दिवंगत बुबाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे ।

पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले पनि ओली निवास पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै ओलीलाई समवेदना दिएकी थिइन् ।
हालै सम्पन्न एमालेको महाधिवेशनमा पार्टी अध्यक्षमा प्रतिस्पर्धा गर्ने चाहना राखेपछि एमाले अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच सम्बन्ध चिसीएको थियो ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सोमबार ओलीको निवास भक्तपुर पुगेका थिए ।
गुण्डु पुगेर नेपालले दिवंगत बुबाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे ।नेपालका साथ नेकपाका अरु नेता पनि ओली निवास पुगेका थिए ।
पहिले एमालेकै महासचिब रहेका र केही समयदेखि यता राजनीतिक संवाद नभएका नेपाल र ओली अर्थात दुई शीर्ष नेताबीच शोकको समयमा गरिएको भेटले आपसी सद्भाव झल्काएको बताईएको छ ।
पुर्वप्रधानमन्त्री नेपालले सामाजिक सञ्जालमार्फत आफ्नो उपस्थितिको जानकारी दिँदै श्रद्धाञ्जली र समवेदना व्यक्त गरेको उल्लेख गरेका छन् ।
पितृ शोकमा रहेका नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गर्न नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल गुण्डु पुगे ।
नेता खनालले त्यहाँ पुगेर अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।
नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पितृ शोकमा रहेका नेकपा एमालेका अध्यक्ष, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन प्रति गहिरो दुःख व्यक्त गरेका छन्।सोमबार अध्यक्ष ओली निवास भक्तपुर गुण्डु पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
शोकको यस घडीमा विभिन्न राजनीतिक दलका नेताहरूले पनि ओली निवास पुगेर र सामाजिक संजाल मार्फत समवेदना ब्यक्त गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता तथा आगामी प्रधानमन्त्रीका रुपमा चर्चित बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता ओलीको निधनमा श्रद्धाञ्जली दिएका छन् ।
शुक्रवार साँझ सामाजिक सञ्जालमा लेख्दै नेता बालेनले एमाले अध्यक्ष ओलीका बुबाप्रति श्रद्धाञ्जली दिए ।
नेता बालेनले पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने आफूलाई महसुस भएको बताएका छन् ।
रास्वपाका सभापति रवि लामिछानले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति लामिछानेले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जलि दिँदै अध्यक्ष ओलीका पिता ओलीको निधनले आफूलाई दुःखी तुल्याएको उल्लेख गर्दै दुःखद घडीमा दिवङ्गत पिताप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

दिवङ्गत पिता ओलीप्रति श्रद्धाञ्जलि दिन आर्यघाटमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रवार बिहान कोरिया नेपाल मैत्री अस्पताल पुगेका थिए ।
आर्यघाटमा कांग्रेस नेता अर्जुननरसिंह केसी, नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, एमालेका नेतागण, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा संयुक्तका नेता घनश्याम भुसाल, पुगेका थिए ।
अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रवार निधन भएको हो ।











प्रतिक्रिया