जिएम कप राष्ट्रिय भलिबल उपाधि गण्डकीले उचाल्यो

विभागीय टिम आर्मी उप बिजेता,पुलिस र सशस्त्रलाई तृतीय तथा सान्त्वना पुरस्कार

1.22k
Shares

नवलपरासी। 

माेफसलमा जारी जिएम कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले उचालेको छ ।

त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश समूहबीच भएको फाइनल खेलमा २५/२१,२५/१३ र २५/२३ काे सोझो सेटले आर्मी क्लबलाई हराउँदै गण्डकी जिएम कप उपाधि उचाल्न सफल भएको हाे ।

प्रतियोगिताका बिजेता टिमहरूलाई गण्डकी प्रदेश सामजिक बिकास तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले पुरस्कार स्वरूप नगद तथा ट्रफी प्रदान गरेका थिए ।

प्रथम पुरस्कार ३ लाख रुपैयाँ राशिको दोस्रो जिएम कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता नवलपरासी पूर्वकाे सदरमुकाम कावासाेतीमा गएकाे फागुन २८ गते बाट सुरु भएको हाे ।

जिएम समाज कावासाेती र जिल्ला खेलकुद बिकास समिति नवलपुर आयाेजक रहेको जिएम कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा देशका सातै प्रदेश र विभागीय टिमको सहभागिता रहेको थियाे ।