काठमाडौँ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको जनादेशलाई खेर जान दिन नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक सङ्कल्पन विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले जनादेशलाई खेर जान दिन नहुने उल्लेख गरेका हुन् ।
रास्वपाले पाएको करिब दुई तिहाइको मतको सदुपयोग हुनुपर्ने बताएका छन् । पूर्वराष्ट्रपति यादवले यसअघिका विभिन्न निर्वाचनमा कुनै एउटा दलले पाएको दुई तिहाइको सही उपयोग हुन नसकेको उल्लेख गरे ।
राजनीतिक र राष्ट्रिय कोर्स फरक हुने भएकाले सवैले अहिलेको परिवर्तनलाई आत्मसात गर्दै जनतादेशलाई स्वीकार गर्नुपर्नेमा उहाँकाे जोड थियो ।











प्रतिक्रिया