काठमाडौं ।
शेयर बजार परिसूचक आज दोहोरो अंकले बढेको छ । परिसूचकसंगै कारोबार रकम पनि सुधार भएको छ । १३ वटा उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ वटा उपसमूहको परिसूचक घटेको छ ।
जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशतले बढ्दा बैंकिङ्ग, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । घटेका उपसमूहहरुको गिरावट दर पनि सामान्य छ । १३२ वटा स्टकको मूल्य बढ्दा ११३ वटाको घटेको छ ।
आज पनि केही दिन अघि आइपीओ सूचिकृत भएका रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मूल्य घटेका स्टकहरुको गिरावट दर ५ प्रतिशतभन्दा कम रहेको छ ।
दिनभरमा ३४० वटा स्टकको तीन करोड ४८ लाख ५२ हजार कित्ता शेयर १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । कारोबार रकमका आधारमा आज रिडी पावरको सर्वाधिक ५६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।











प्रतिक्रिया