काठमाडौँ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ।
आज दिउँसो देशका हिमाली भूभागमा सामान्यतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा अन्य हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। साथै, ती प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने बताइएको छ। साथै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया