विश्व फिल्म क्षेत्रकै प्रतिष्ठित अवार्ड ओस्कार एकेडेमी अवार्डको ९८ औं संस्करण सम्पन्न भएको छ।
अमेरिकाको लस एन्जल्सस्थित ओभेसन हलिउडको डोल्बी थियटरमा आयोजना गरिएको अवार्ड समारोहमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने फिल्म तथा कलाकारलाई अवार्ड प्रदान गरिएको थियो।

यसपटकको ओस्कार संस्करणमा फिल्म वन ब्याटल आफ्टर एनदरले सर्वाधिक धेरै ५ विधाको अवार्ड चुमेको छ। वन ब्याटल आफ्टर ले एनदर उत्कृष्ट फिल्म, निर्देशक, सहायक अभिनेता, रूपान्तरण पटकथा र सम्पादनसहित ५ विधामा अवार्ड चुमेको हो।
निर्देशक पल थोमस एन्डरसनले उत्कृष्ट निर्देशक र रूपान्तरण पटकथा दुवै अवार्ड हात पारे भने फिल्मका कलाकार सीन पेनले उत्कृष्ट सहायक अभिनेताको अवार्ड जिते।

यस वर्षको ओस्कारमा फिल्म सिनर्सले उत्कृष्ट अभिनेता, मौलिक पटकथा, मौलिक संगीत र छाया“कन गरी ४ अवार्ड जितेको छ। अभिनेता माइकल बी. जोर्डनले सिनर्सका लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन्। त्यस्तै फिल्म फ्रान्केनस्टाइनले प्रोडक्सन डिजाइन, पोशाक डिजाइन तथा मेकअप र हेयरस्टाइल गरी ३ अवार्ड जित्दै प्राविधिक विधामा प्रभुत्व जमाएको छ।
त्यस्तै जेसी बक्लीले ह्यामनेटबाट अभिनेत्री, एमी मेडिगनले वेपन्सबाट सह अभिनेत्रीको अवार्ड चुम्दा के पप डेमन हन्टर्सले एनिमेटेड फिचर फिल्म र मौलिक गीत, सेन्टिमेन्टल भ्यालुले अन्तर्राष्ट्रिय फिल्म, मिस्टर नोबडी अगेंस्ट पुटिनले डकुमेन्ट्री फिचर, एफ–वनले ध्वनी, फायर एन्ड एशले भिजुअल इफेक्ट्स, द गर्ल हु क्राइड पल्र्सले एनिमेटेड सर्ट फिल्म, द सिंगर्स र टु पिपल एक्सचेन्जिङ सलाइभाले लाइभ–एक्शन र अल द एम्प्टी रुम्सले शर्ट फिल्मको उपाधि जितेको छ।
विश्व सेलिब्रेटीहरूको बाक्लो उपस्थितिमा सम्पन्न समारोहभन्दा अघि आयोजित रेड कार्पेट समारोहमा सेलिब्रेटीहरूको स्टाइल तथा फेसनले सबैको ध्यान केन्द्रित गरेको थियो।











प्रतिक्रिया