सुर्खेत ।
सुर्खेतस्थित भेरी नदीमा छोराछोरीसहित महिला बेपत्ता भएको आशंका गरिएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्ले ठेगाना भएकी ३८ बर्षीया माया कठायत, उनका ११ बर्षीय छोरी आशा र ५ बर्षीय छोरा दिपक कठायत बेपत्ता भएको आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुको खोजीका लागि प्रहरी परिचालन भएको छ । तीनै जना घरबाट सम्पर्कविहीन भएको खबर मायाका श्रीमान भूपेन्द्र कठायतले प्रहरीलाइ गरेका थिए ।
प्रहरीलाई सोमबार बिहान ६ बजेट खबर भएपश्चात खोजी गर्नेक्रममा घरदेखि ३ किलोमिटर टाढाको दूरीमा पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोवाइल फेला परेको थियो ।
हाल भेरी नदीको आसपासको क्षेत्रमा प्रहरीले उनीहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।











प्रतिक्रिया