निखिल र वर्षाको कस्तुरी


अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म कस्तुरीको राजधानीमा सुटिङ भइरहेको छ।
केहीअघि ललितपुरको बंगलामुखी मन्दिरमा शुभमूहुर्त गरिएको फिल्मको राजधानीमा सुटिङ गरिएको हो। फिल्मको निर्देशन ऋत बोहोराले गरिरहेका छन्। ‘यसको अधिकांश सुुटिङ काठमाडौं र आसपासमा हुनेछ’ बोहोराले जानकारी गराए। उनले रहस्य, सस्पेन्स र अपराधका गहिरा तहलाई फिल्मले उजागर गर्ने बताए। यस फिल्मबाट नै अभिनेता निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलोबाट स्क्रिन सेयर गर्न लागेका छन्।

फिल्ममा निखिल र वर्षाका साथमा शेखर चापागाईं, निर्मल शर्मा, निशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतमलगायतका कलाकारले अभिनय गर्नेछन्। अभिनेत्री तथा काठमाडौं क्षेत्र नं. ५ कि उम्मेदवार निशा अधिकारीले निर्वाचन परिणाम आएपछि सुटिङ सुरु गरेकी छन्। गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार उनले पराजय भोग्नु परेको थियो। फिल्मको विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटी पनि देखिनेछन्।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा धीरज कुमार अग्रवालद्वारा निर्माणाधीन फिल्ममा कथा ऋत बोहोराकै छ भने संगीत प्रशान्त शिवाकोटी र छाया“कन आलोक शुक्लाको रहनेछ। फिल्मममा अञ्जली चौधरी सहनिर्मात्री रहेकी छन्।