कास्की।
श्रम सीप जुटाऊँ, पोखरालाई उठाऊँ
पोखरा सहर हेर्दैमा राम्रो, त्यही“ प¥यो ठाउँ हाम्रो
पोखरा सहर हेर्दैमा राम्रो, जन्मेको ठाउ“ हाम्रो।
बाँचुन्जेलसम्म संघर्ष गर्दै, केही गर्ने आ“ट हाम्रो।
पोखराको महिमा बोकेको यो गीतका सर्जक कृष्णबहादुर थापाले गत बिहीबार ६६ वर्षको उमेरमा मष्तिष्क घातबाट धर्तीबाट मानव चोला त्यागे। संकटकालीन अवस्थामा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर (नगरप्रमुख) रहेका थापाले २०५४ देखि २०५९ सम्म नगरप्रमुखको रूपमा निर्वाचित भएर सेवा गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट निर्वाचित नगरप्रमुख थापा उपमहानगरपालिकाको जिम्मेवारी सम्हालेकै बेलामा यो गीत सिर्जना गरेका थिए।
उनको पोखरालाई समृद्ध बनाउनुपर्छ भन्ने ध्येय थियो। त्यही ध्येयलाई सर्जक थापाले गीतमार्फत आम जनमानसमा पु¥याएका थिए। उनको त्यो गीत पोखराबासीको जनजिब्रोमा अहिले पनि झुण्डिएको छ। श्रम र सीप जुटाएर पोखरालाई उठाउनुपर्छ भन्ने उनको दृढता थियो। त्यही दृढताकै कारण थापाकै समयमा पोखरालाई अन्तर्राष्ट्रिय सहरस“ग जोड्ने प्रयनस सुरु भएको थियो। पोखरालाई जापानको कोमागाने सहरस“ग भगिनी सम्बन्ध विस्तार गरी जापानको सीपलाई पोखरामा ल्याउने प्रयासको थालनी भएको थियो।
गीतकार थापाले आठवटा गीत सिर्जना गरेको जनसांस्कृतिक महासंघ गण्डकीका सल्लाहकार मनकुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार गीतकार थापाको सबैभन्दा चर्चित गीत नै पोखरा सहर हेर्दैमा राम्रो हो। उनले नगरप्रमुखको कार्यकाल सकेपछि कोभिडको समयमा अर्को गीत सिर्जना गरेका थिए मेरो कुनै जात छैन जात नेपाली। चुच्चे पनि हैन म त, थेप्चे पनि हैन म त नेपाली मात्रै नेपाली।
पोखरा १६ बाटुलेचौरमा जन्मिएका गीतकार थापाले यो गीत भने जातीय विभेद विरुद्धको थियो। गीतकार थापाको शनिबार पोखराको सेतीनदीमा दाहसंस्कार गरिएको छ। स्व. थापाको परिवारमा श्रीमती र एक छोरा छन्।











प्रतिक्रिया