राप्रपाले टुंग्यायो चार समानुपातिक सांसद


काठमाडौँ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिकतर्फका पार्टीका सांसदहरुको नामावली टुंगो लगाएकाे छ ।

आइतवार काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने ४ जना समानुपातिकतर्फका सांसदहरु टुंगो लगाएको हो ।

जसमा खस आर्य पुरुष तर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खस आर्य महिला तर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामा रहेका छन् ।