उदयपुर
उदयपुरको बेलका नगरपालिका वडान- २ गिदेरी खोलास्थित वानडाँडा गाउँबाट खेत जोत्नका लागि गिदेरी खोला नजिकको गाउँमा उकालो निस्कने क्रममा सोमबार एक ट्रयाक्टर अकस्मात दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सो ट्रयाक्टर गिदेरी खोला पार गरेर उकालो चढ्ने क्रममा पल्टिएरु दूर्घटना भएको हो । खेत जोत्नकालागि जाँदै गरेको प्रदेश १ –०४ –००१ त १३३२ नम्बरको सो ट्रयाक्टरका चालक उदयपुरको बेलका नगरपालिका वडा नं २ बस्ने हरिया चन्द्रवंशीको छोरा सोकिन्दर चन्द्रवंशीको उक्त दुर्घटनामा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उक्त ट्रयाक्टरमा खेत जोत्नकालागि चालक चन्द्र वंशी मात्र रहेका थिए ।
उक्त खबर प्राप्त हुनसाथ इप्रका रामपुर ठोक्सिलाबाट SOCO सहितको प्रहरी टोली खटी गई आवश्यक कानूनी प्रकृया पुरा गरी लाश पोस्टमार्टमका लागि बि पि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको छ । उक्त घटना सम्बन्धमा खटी गएका प्रहरीद्वारा थप अनुसन्धान समेत भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।












प्रतिक्रिया