भक्तपुर ।
प्रधानमन्त्री सुशीला कार्कीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबाप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् । ओली निवास भक्तपुरको गुण्डु पुगेर प्रधानमन्त्री कार्कीले अध्यक्ष ओलीलाई समवेदना प्रकट गरेकी हुन् ।
प्रधानमन्त्रीका साथ उनका पति दुर्गा सुवेदीले पनि ओली निवास पुगेर श्रद्धाञ्जली व्यक्त गर्नुका साथै ओलीलाई समवेदना दिएका थिए ।
अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रवार ९७ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।












प्रतिक्रिया