क्षेत्रज्ञ विद्यापिठमा प्रदर्शनी सम्पन्न


काठमाडौँ ।

क्षेत्रज्ञ विद्यापिठमा कक्षा १ देखि १० सम्मका अध्ययनरत विद्यार्थीहरूले विभिन्न शैक्षिक सामग्री तथा परियोजना प्रस्तुत गर्दै प्रदर्शनी कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा विद्यार्थीहरूले विज्ञान, वातावरण, कला तथा हस्तकलासम्बन्धी विविध सिर्जनात्मक सामग्री प्रदर्शन गरेका थिए ।

प्रदर्शनीमा विद्यार्थीहरूले बनाएका साना वैज्ञानिक उपकरण, चित्रकला, हस्तकला सामग्री तथा वातावरण संरक्षणसम्बन्धी मोडेलहरू अवलोकनका लागि राखिएका थिए । कार्यक्रममा अभिभावकहरुको उल्लेखनीय सभागीता रहेको थियो ।

विद्यापिठका प्राधानाचार्य नन्दलाल सुवेदीले यस्ता कार्यक्रमले विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास र व्यवहारिक ज्ञान विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “किताबमा सीमित नभई व्यवहारमा सिक्ने अवसर दिनु आजको शिक्षाको आवश्यकता हो । यस्ता प्रदर्शनीले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुग्छ ।”

यस्तै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा व्यवहारिक सिकाइमा आधारित कार्यक्रमलाई निरन्तरता दिइनेछ । कार्यक्रममा सहभागी विद्यार्थीहरू आफ्ना परियोजना प्रस्तुत गर्न पाउँदा उत्साहित देखिन्थे– प्राधानाचार्य सुवेदीले भन्नुभयो ।