रौतहट–१ मा राजेश चौधरी अग्रस्थानमा, माधवकुमार नेपाल पाँचौँ स्थानमा

3.2k
Shares

रौतहट। 

रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी अग्रस्थानमा देखिएका छन् भने पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल पाँचौँ स्थानमा रहेका छन्।

क्षेत्र नम्बर १ अन्तर्गत जयनगर, धर्मपुर, सिगारवन (क, ख), बखरी (क), मठ (क) र धनाडी मतदान केन्द्रको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश चौधरी ले १,९०३ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।

यस्तै जनता समाजवादी पार्टी (जसपा) का योगेन्द्र यादव ले १,१०० मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका अनिल झाले ८२४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अजय गुप्ता ले ५६४ मत पाएका छन्।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले हालसम्म ४५३ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्य मतदान केन्द्रहरूको मतगणना कार्य भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।