रौतहट–४ मा मतगणना जारी : गणेश पौडेल अग्रस्थानमा


रौतहट।

रौतहटको क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ। गडीमाई नगरपालिकाको दुई वडाको मतगणना गर्दा राष्ट्रिय स्वतन्त्र पाट्रीका गणेश पौडेलले अग्राधिकार रहेको छ। गडिमाइ नगरपालिका वडानम्बर १र वडा नम्बर ९ अन्तर्गत धर्मशाला र इनरवाटोल मतदान केन्द्रको मतगणनाको अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल १९०८ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले ५३६ मत प्राप्त गरेका छन्।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका रामकुमार भट्टराई ले ३७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका रामजी साहले ६० मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३०६९ मत गणना भएको छ भने ११५ मत बदर भएको जनाएको छ। बाँकी मतगणना कार्य जारी रहेको छ।