पाँच  निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत बढी मत खस्यो 


बुटवल। 

प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देहीमा ६० प्रतिशत बढी मत खसेको छ । रुपन्देहीका ५ निर्वाचन क्षेत्रका  निर्वाचन अधिकृतहरुले दिएको प्रारम्भिक तथ्यांक अनुसार  ६० प्रतिशत मत खसेको हो । क्षेत्र नं १ मा ५९ प्रतिशत अर्थात् ८६ हजार बढी मत खसेको निर्वाचन अधिकृत कपिल पौडेलले जानकारी दिए । यहाँ  एक लाख ४६ हजार ८२४ मतदाता रहेका छन् ।

क्षेत्र नं २ मा पनि ६४ प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजेन्द्र न्यौपानेले जानकारी दिए । यहाँ  एक लाख ३५ हजार ५० मतदाता रहेका छन् । यहाँको निर्णायक वडा नं ११ मा १७ हजार ९४३ मतदाता रहेकामा ११ हजार ४ सय १३ मत खसेको छ ।

क्षेत्र नं ३ मा अनुमानित ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृत अशोकबहादुर बस्नेतले जानकारी दिए ।  यो क्षेत्रमा एक लाख ४० हजार ३५ मतदाता रहेका छन् । क्षेत्र नं ४ मा सबैभन्दा बढी अर्थात् ६७ प्रतिशत मत खसेको निर्वाचन अधिकृत  टोपबहादुर विष्टले जानकारी दिए ।

रुपन्देही क्षेत्र नं ५ मा ६० प्रतिशत बढी मत खसेको निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीले जानकारी दिए । यहाँ एकलाख ३४ हजार ४ मतदाता रहेका छन् । रुपन्देहीको बुटवलको वडा नम्बर ४ मा रहेको कान्ति माविवाट ९९ वर्षीय गोपीकृष्ण पाण्डेले मतदान गरेका थिए ।