रौतहटमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न

1.03k
Shares

रौतहट। 

 रौतहटमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। चार वटा निर्वाचन क्षेत्र रहेको रौतहटमा एकाध घटना बाहेक मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। उत्साहित मतदाताले समयमै मतदान गरेका छन्।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी कुल १४२ जना उम्मेदवार निर्वाचनको मैदानमा रहेका छन्। निर्वाचनका क्रममा अधिकांश मतदान केन्द्रमा बिहानदेखि नै मतदाताको उल्लेख्य उपस्थिति देखिएको थियो।

सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीको व्यवस्थापनका कारण मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मतदान सम्पन्न भएसँगै अब मतगणनाको तयारी भइरहेको जनाइएको छ।