चुनावमा भोट हाल्नु भनेको लौकाको साटो फर्सी खानु भने जस्तो हो – विश्वप्रकाश शर्मा

752
Shares

 उदयपुर । 

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले सोमबार उदयपुरको गाईघाटमा उदयपुर निर्वाचन क्षेत्र १ को चुनावीसभालाई सम्बोधन गर्दै चुनावमा भोट हाल्नु भनेको लौकाको तरकारी खाँदा खाँदा दिक्क भएर फर्सीको तरकारी खाए जस्तै हो भन्दै प्रत्येक मतदाताले सोच विचार गरेर देश जलाउनेलाई होइन देशमा शान्ति कायम गर्ने दललाई मतदान गर्न आग्रह गरेका छन् ।

उदयपुरको गाईघाटमा आयोजित नेपाली काँग्रेसको चुनावीसभामा प्रमुख अतिथि रहेका शर्माले लौकाका ठाउँमा फर्सी खाए जस्तो पुरानो लुगाका ठाउँमा नयाँ लुगा फेरे जस्तो हो भन्ने प्रश्न गर्दै २०६४ सालमा यो देशमा आधि हुरी आयो माओवादीले के के न गर्छु भने तर आखिरीमा संविधान बनाउन सकेनन र नेपाली कांग्रेसको सरकारका पालमा जनताले नयाँ संविधान पाएको स्मरण गराउँदै आखिरीमा पुरानै दलले देशमा काम गरेर देखाउने बताए ।

उनले नयाँमा रहेको टीम आज कहाँ कहाँ पुग्यो ? २०६४ सालमा देशले नपाएको संविधान नेपाली कांग्रसको नेतृत्वमा रहेको सरकारले दुई वर्षमा बनाएर देखाएको हुँदा यस पटक पनि नेपाली कांग्रेसलाई मत दिएर काम गर्ने अवसर दिनु पर्ने बताए ।

संविधानसभाको त्यही भवनमा २०६४ सालमा संविधान आवेगले  नबनेको र पछि नेपाली कांग्रेसले विवेक प्रयोग गरेर सबैलाई सुन्या, सबैलाई बुझ्यो, सबैलाई सहेकोले संविधान बनाउन सफल भएको उनले बताए । 

नेपाली कांग्रेस उदयपुरका सभापति कोशी प्रदेशसभा सदस्य हिमाल कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा उदयपुर १ बाट नेपाली कांग्रेसका उम्मेदवार विदुर बस्नेत, समानुपातिक उम्मेदवार सत्यनारायण चौधरी गायतक वक्ताहरुले मत माग्दै मन्तव्य दिएका थिए ।