हुम्ला।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उत्तरी नाम्खा गाउँपालिकाका चार वटा मतदानस्थलमा नेपाली सेनाको हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइएको छ।
लगातारको हिमपातका कारण नाम्खा गाउँपालिका–६ स्थित ५,२०० मिटर उचाइमा रहेको न्यालु लेक तथा नाम्खा गाउँपालिका–५ को ४,९४९ मिटर उचाइमा रहेको नारा लेक क्षेत्र आसपासको आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको थियो। स्थलमार्ग बन्द भएपछि निर्वाचन सामग्री ढुवानी र कर्मचारी परिचालनमा समस्या उत्पन्न भएको हो।

मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार प्रतिकूल मौसमका कारण स्थलमार्ग प्रयोग गर्न नसकिएपछि हेलिकप्टरमार्फत सामग्री पठाउने निर्णय गरिएको हो। उनका अनुसार नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमशिखर प्राथमिक विद्यालय तिल, सुनखानी आधारभूत विद्यालय हल्जी र भृकुटी आधारभूत विद्यालयमा रहेका मतदानस्थलमा आवश्यक निर्वाचन सामग्री र कर्मचारी सुरक्षित रूपमा पुर्याइएको छ।
हिमाली क्षेत्रमा निरन्तर हिमपातका कारण जनजीवनसँगै निर्वाचनजस्ता महत्वपूर्ण कार्यसम्पादनमा समेत चुनौती थपिएको स्थानीय प्रशासनले जनाएको छ।











प्रतिक्रिया