धनकुटाबाट सुरु भयो जितु र प्रियनाको कार्की साइँला 


राजेन्द्र बस्नेतको निर्देशनमा निर्माणाधीन फिल्म कार्की साइँलाको छायांकन  सुरु भएको छ। 

निर्माण टिमले धनकुटाबाट फिल्मको छायांकन कार्य सुरु गरेको हो।छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटालगायतका सहभागी भइरहेका छन्। निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा फिल्मको छाया“कन सुरु गरिएको बताए। उनका अनुसार फिल्मको छायांकन धनकुटा, बराहक्षेत्र र चतरामा हुनेछ।

फिल्ममा अभिनेता जितु नेपालको जोडीको रूपमा प्रियना हुने निर्माण पक्षले जानकारी गराएको छ। यसअघि प्रियनाले झरिपछिको इन्द्रेणीमा अभिनय गरेकी थिइन्। सक्किगो नि टेलिशृंखलाबाट चर्चामा आएकी प्रियना र जितुको पहिलो सहकार्य हो।

कर्णबहादुर फिल्म्स् प्रालिको ब्यानरमा बालकुमार राईद्वारा निर्माणाधीन तथा कृष्ण भगत चाम्लिङद्वारा प्रस्तुत फिल्ममा संगीत दिप्सन लिम्बू,द्वन्द्व किरण दाहाल र छाया“कन डम्बर राईको रहेको छ।