सगुन ज्वेलर्सको प्रस्तुतिमा राजधानीमा मिसेज भोग नेपाल सिजन–३ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा ९ जना विजेता घोषणा गरिएको छ।
ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्डमा हाउस अफ फेसन नेपालद्वारा आयोजित प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा प्रतीक्षा थापा मिसेस भोग नेपाल ग्राण्ड २०२६, प्राची तोमर मिसेस भोग नेपाल युनिभर्स २०२६, किमी चौलागाईं मिसेस भोग नेपाल वल्र्ड २०२६, कविता ढकाल मिसेस भोग नेपाल अर्थ २०२६, कोमल नेपाली मिसेस भोग नेपाल ग्लोबल २०२६ र ऋचा रानी राम मिसेस भोग नेपाल टुरिजम २०२६ विजेता घोषणा गरिएको हो।
त्यसै गरी क्लासिक मिसेस भोग नेपाल २०२६ तर्पm श्रीनु श्रेष्ठ क्लासिक मिसेस भोग नेपाल ग्राण्ड २०२६, ज्योति कुर्मी क्लासिक मिसेस भोग युनिभर्स २०२६ र सम्झना फुया“ललाई क्लासिक मिसेस भोग नेपाल युनिभर्स २०२६ घोषित गरिएको छ।
प्रतियोगितामा २१ विवाहित महिला प्रतिस्पर्धीले सहभागिता जनाएका थिए। प्रतियोगिताको प्रशिक्षणको क्रमदेखि नै सञ्चालन गरिएको मूल्यांकन प्रकृया, प्रि–जजिङ राउण्ड तथा प्रतिस्पर्धीले प्राप्त गरेको प्राप्तांकको आधारमा छ जना विजेता घोषणा गर्ने आयोजक संस्थाको योजना थियो।
आयोजक संस्थाले दाबी गरेअनुसार प्रतिस्पर्धीहरूको उत्कृष्ट प्रस्तुति, मेहनत तथा समर्पणलाई मध्यनजर तथा मूल्यांकन गर्दै प्रतिस्पर्धीलाई विशेष सरप्राइज दिने क्रममा ९ विजेता घोषणा गरिएको हो।
ग्राण्ड फिनालेका क्रममा प्रतिस्पर्धीले विभिन्न सिक्वेन्समा र्याम्पवाक गर्दै विभिन्न डिजाइनका सुन्दर, क्लासी तथा इलिगेन्ट पहिरन प्रदर्शन गरेका थिए। ग्राण्ड फिनालेमा शोस्टपरको रूपमा एलिजे जमाली थिइन्।











प्रतिक्रिया